पोखराबाट ठूलो मात्रामा लागू औषध सहित समातिए सुनिल

पोखरा, साउन १६ ।
ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा १७ विरौटा स्थित विशेष सुराकीको आधारमा धादिङ बैरेनी ८ घर भई पोखरा नयाँ बजार बस्दै आएका सुनिल काराखेतीलाई पक्राउ गरिएको हो ।

उनलाई ग ५ प ५९४३ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइजेपाम २ सय ९६ पिस, फेनरागन २ सय १ पिस र नुरफिन २ सय ९५ पिस बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।