पोखराबाट ठूलो मात्रामा लागू औषध सहित दुईजना पक्राउ

पोखरा, मंसिर ५ ।
पोखरा महानगरपालिका ११ तुल्सीमार्गबाट ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ९ नयाँबजार बस्ने ३८ बर्षका उदयकुमार गुप्ता र तनहूँको ब्यास नगरपालिका ११ घर भई हाल तुल्सीमार्ग बस्ने ३३ बर्षकी गीता भन्ने मनु गुरुङ छन् ।

ग २ च ८३६३ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा लागू औषध भेटिएको हो । उनीहरुको साथबाट ४ सय ४ थान डाईजापाम, ३ सय ९१ थान नुर्फिन र ३ सय ८१ थान फेनरागन बरामद गरिएको छ ।

यस्तै, २४ बोतल फेनसिडिल र नगद दुई लाख ४२ हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ ।