पोखराबाट एक किशोरी बेपत्ता–फेवा किनारमा झोला र मोवाईल

पोखरा, भदौ ११ ।
पोखरा पुम्दीभुम्दी स्थित शान्ती स्तुप नजिक घर भएकी एक किशोरी आईतबार रातीदेखि बेपत्ता भएकी छिन् । प्रहरीले खोज्दै जाँदा उनको झोला र मोवाईल ड्यामसाईड स्थित फेवातालको किनारमा भेटिएको छ ।

१८ बर्षिय किशोरी १० कक्षामा पढ्थिन् । फेवा किनारमा आफन्त र स्थानीयहरुको भीड छ । प्रहरीले फेवाताल र आसपासमा पनि खोजी थालेको बताएको छ । ‘किनारमा झोला र मोवाईल भेटिएको हो । त्यसकै आधारमा सर्च अघि बढाएका छौं, कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले भने–फेवातालमा हामफालेको एकीन छैन । ताल र अन्य ठाउँमा पनि खोजी सुरु भएको छ ।’

राती १२ बजे ड्यामसाईडबाटै नजिकको एकजना साथी र दाजुलाई म्यासेज गरेको बताईएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

तस्विर-मन गुरुङ