पोखराबाट अवैध ढुंगा ओसार्ने १२ टिपर प्रहरी नियन्त्रणमा

पोखरा, भदौ ६ ।
अवैध रुपमा ढुंगा उत्खनन् गर्ने २ वटा जेसिवी सहित १२ वटा टिपर कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार पोखरा २५ हेमजाबाट अवैध ढुंगा उत्खनन गर्ने र ओसार्ने जेसिवी सहित टिपर नियन्त्रणमा लिएको हो ।

ग १ ख ७८०३, ग १ ख ३२१९, ग १ ख ३५९५, ग १ ख ४४९९, ग १ ख ३८०३, ग १ ख ३५८७, ग १ ख ३७६६, ग १ ख ५७५१, ग १ ख ६६०९, ग १ ख ३९६४, ग १ ख ७३२० र ग १ क ३४३२ नम्बरका टिपरहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।