पोखराको होटल उद्घाटन प्रकरण–बचाउमा अर्थमन्त्री, बदनियतपूर्ण समाचार आयो !

पोखरा, माघ ३ ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङले होटल उद्घाटनको विषयलाई जोडेर सम्माननीय उपराष्ट्रपति जस्तो सम्मानीत पदलाई हिलो छ्याप्ने गरी सञ्चारमाध्यमबाट समाचार प्रकाशन प्रशारण हुनु गलत भएको बताए ।

जनप्रतिनिधिले जनताको ब्यवसाय प्रबद्र्धन र संरक्षणका लागि जुनसुकै ठाउँमा पनि जान सक्ने भन्दै उनले कानुनी कुरा थाहा नहुने बताए । पोखराको होटल उद्घाटन प्रकरणमा पदीय मर्यादा समेत विर्सिएर गलत समाचार प्रचार भैरहेको उनको गुनासो छ ।

पोखराको उत्तमचोकमा भर्खरै सञ्चालनमा आएको होटल टास्कको उद्घाटनको विषयलाई लिएर महानगरले बहिस्कार भनेर उम्किने र सञ्चार माध्यामहरुले सम्माननीय पदलाई हिलो छ्याप्ने गरी प्रस्तुत हँुदा गलत सन्देश प्रवाह हुने उनी बताउँछन् । प्रदेश सरकार पर्यटन प्रवद्र्धनमा जुटिरहेको भन्दै उनले सञ्चार माध्यम बदनियतपूर्ण हिसावले लाग्न नहुने बताए ।