पोखराको सेती नदीमा कायाकिङ गर्दा एकजनाको मृत्यु

पोखरा, मंसिर १३ ।
पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा विदेशी पर्यटकको मृत्यु भएको छ । लामाचौर स्थित नदीको खोंचमा कायाकिङ गर्दा अष्ट्रेलियन नागरिक २३ बर्षिया क्यासिन्ड्रा इसाइज एमारीको मृत्यु भएको हो ।

कायाकिङको क्रममा घाईते भएपछि उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।