पोखराको सिर्जनाचोकमा आकासे पुल बन्ने, ५० लाख विनियोजन

पोखरा, मंसिर ११ ।
पोखराको सिर्जनाचोकमा आकासे पुल निर्माण गरिने भएको छ । बढदो सवारी चापलाई मध्यनजर राख्दै कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

सम्भाव्यता अध्ययन गरी पोखरा महानगरसँगको साझेदारी र मेयर मानबहादुर जिसीको परामर्शमा आकासेपुल निर्माणको काम सुरु गर्ने उनको भनाई छ । अरु चोकमा पनि अतिआवश्यक भएपनि जग्गा अभावका कारण सिर्जनाचोकमा पुल बनाउन लागिएको मन्त्री अधिकारीले बताए ।

उनले बहुवर्षीय योजनाका हिसाबले आकासेपुल बनाउन लागेको जानकारी दिए । आकासे पुलको सम्भाव्यता अध्ययनपछि डिजाइन तयार गरेर टेन्डरमा जाने र निर्माण कार्य पोखरा महानगरले अघि बढाउने अधिकारीको भनाई छ ।

निर्वाचन क्षेत्र विकास कोषको ४ करोड रकम कहाँ विनियोजन भयो ? हेर्नुस् फोटोमा बजेट र आयोजना सहित–