पोखराको सिमलचौरमा कार र स्कुटर ठोकियो, एकजना घाईते

पोखरा, ३ भदौ ।
आईतवार विहान १० बजेको समयमा सिमलचौरमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जना घाईते भएका छन् ।

अल्फावेट नखुलेको ९१३५ नम्वरको कारले ग ५ प ४२२७ नं. को स्कुटरलाई अल्फाबेटे ठक्कर दिदा सिमलचौर वस्ने वर्ष ३३ कि ईश्वरी पौडेल घाईते भएकी हुन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । ठक्कर दिने कार र कार चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।