पोखराको सिद्धार्थ चोकमा आगलागी

पोखरा, जेठ २६ ।
पोखराको सिद्धार्थ चोक स्थित मिनि मार्केटमा आगलागी भएको छ । आगलागीबारे विस्तृत सूचना आएको छैन । यतिवेला दमकल पुगिसकेको र आगो निभाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

घटनाको कारण र घटनाबाट भएको क्षतिबारे विस्तृत जानकारी आउन बाँकी छ । प्रहरीको टोलि पनि सिद्धार्थचोक पुगिसकेको छ ।