पोखराको सराङकोटमा महिला मृत फेला

पोखरा, फागुन १८ ।
पोखरा लेखनाथ महानगरपालिकाको १८ सराङकोट स्थित गुफाडाँडामा एक महिला मृत फेला परेकी छन् । टिनले छाएको पुरानो टिनको छाप्रोमा मागी खाने जस्तो देखिने परिचय नखुलेकी अन्दाजी ३५ बर्षकी महिला मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । शवलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीएको प्रहरीले जनाएको छ ।