पोखराको सभागृहमा सुन दोकानमा आगो लाग्यो

पोखरा, माघ १२ ।
पोखराको सभागृहमा रहेको एक सुनचाँदी पसलमा आगलागी भएको छ । ओम सुनचाँदी पसलमा आगलागी भएको हो । आगलागी निभाउने प्रयास भैरहेको छ । आगलागीबारे कुनै जानकारी खुलेको छैन ।
बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भीक अनुमान छ । यतिबेला प्रहरी र स्थानीयको भीड सभागृहचोकमा लागेको छ ।