पोखराको शान्तीनगर चोकमा मोटरसाईकल र स्कुटर ठोकियो

पोखरा, भदौ ५ ।
पोखराको शान्तीनगर चोकमा मोटरसाईकल र स्कुटर ठोकिँदा १ जना घाईते भएकी छिन् । नम्बर नखुलेको मोटरसाईकलले ग ४ प ७५१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडी बस्ने २० बर्षिय लक्ष्मी बिक घाईते भएकी हुन् ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । ठक्कर दिने मोटरसाईकल र चालक फरार रहेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ ।