पोखराको शहीद स्कुलको भ्रष्टाचार छानवीन गर्न सांसदको माग

पोखरा, भदौ १ ।
गण्डकी प्रदेश अन्तर्गत नयाँ शक्तिका सांसद हरिशरण आचार्यले पोखराको मझेरीपाटन स्थित शहीद स्मृति स्कुलमा भएको आन्दोलनबारे सरकारको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरु आर्थिक हरहिसाव खोज्दै तालाबन्दी नै गरेर आन्दोलनमा उत्रिएका भन्दै उनले घटनाको छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे ।

विहिबार प्रदेशसभामा बोल्दै उनले जनयुद्धका शहीद, घाईते र बेपत्ताका छोराछोरी पढ्ने स्कुलमा राजनीतिकरण भएको आरोप लगाए । ‘विल्कुल पीडित परिवारका छोराछोरी पढ्ने स्कुल हो । विद्यार्थीहरु भ्रष्टाचार भएको भन्दै आन्दोलित छन्, उनले भने–सरकारले छानवीन आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिराज अधिकारी चाहीँ राजनीतिक आस्था नमिल्दा जटिलता थपिएको बताए । बाहिर आएजस्तो घटना नभएको भन्दै उनले केही दिनमा बार्ताबाटै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।