पोखराको ल्याण्डफिल्ड साइडमा डरलाग्दो आगलागी (भिडियो सहित )

पोखरा, माघ २७ ।
पोखराको ल्याण्डफिल्ड साइडमा आगोलागी भएको छ । पाखामा लगाएको आगो ल्याण्डफिल्ड साइडमा पुगेको हो । आगोले फोहोर जल्न सुरु गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतको टोली र दमकलले आगो निभाउने प्रयास गरेपनि सफल हुन सकेको छैन । प्लास्टीको फोहोरमा आगो लागेपछि गन्ध फैलिएको छ । फोहोरबाट ग्यास निस्कने भएका कारण बिस्फोट हुने खतरा भएको प्रहरीले जनाएको छ ।