पोखराको लेकसाइडमा विदेशी नागरिकले नेपालीलाई छुरा हाने

पोखरा, असोज २३ ।
पोखराको लेकसाईडमा एक विदेशी नागरिकले छुरा हान्दा नेपाली नागरिक घाईते भएका छन् । अष्ट्रियाका इडर डोमिनिकले छुरा हान्दा पोखराका शिव श्रेष्ठ घाईते भएका हुन् ।

घाईतेको पोखरा स्थित चरक अस्पतालमा उपचार भैरहेको छ । सामान्य अनुसन्धानबाट लेनदेनको घटना हुन सक्ने अुनमान गरिएको छ ।

अष्ट्रियन नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।