पोखराको लेकसाइडमा प्रहरीको छापा, लागू औषध सहित ८० जना नेपाली र विदेशी पक्राउ

पोखरा, चैत ११ ।
पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले करिब ८० जना नेपाली र विदेशीलाई पक्राउ गरेको हो ।

पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा डान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको हो । प्रहरीले द अफिस रेष्टुरेण्टबाट गाँजा, चरेस लगाएतका लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई बैदाम चौकीमा राखीएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै माथी छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्देशलाई छाडि दिने प्रहरीले बताएको छ ।