पोखराको रेष्टुरेण्टबाट लागु औषध सहित १ पक्राउ

पोखरा, साउन २२ ।
पोखराको पृथ्वीचोक स्थित दीप मम रेष्टुरेण्टबाट लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ । कपिलबस्तुका १९ बर्षिय शेषकान्त थारुलाई पक्राउ गरिएको हो ।

रेष्टुरेष्टमा बसिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट फेनरागन १ सय ८० थान, डाइजापाम १ सय ८० थान र नुफिन १ सय ८० तथा नाइट्रोजन ३ पत्ता बरामद गरेको प्रहरीको भनाइ छ ।