पोखराको रामबजारबाट दिउँसै चोरियो १ लाख नगद सहित ७ तोला सुन

पोखरा, भदौ ७ ।
पोखरामा चोरीका घटना बढिरहेका बेला बुधबार दिउँसो रामबजारको एक घरमा चोरी भएको छ । पोखरा १५ रामबजार, मिलन मार्ग निवासी दिलकुमारी वि.क.को घरबाट चोरले साढे ७ तोला सुन ४ तोला चाँदी र नगद १ लाख रुपैंया चोरेको पीडितले बताएकी छिन् ।

उनका अनुसार बुधबार दिउँसो करिब २ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी चोरी भएको हो । चोरको खाजी गरी उचित कारवाही गरिदिन पिडित विकले कास्की प्रहरीमा उजुरी दिएको बताएकी छन् ।

चोरी गर्ने व्यक्तीको खोजीका लागी सक्रिया बढाएको कास्की प्रहरीले जनाएको छ । चाडपर्वको समय नजिकिदै गएकाले चोरीको घटनाहरु बढन सक्ने भन्दै सर्तक रहन कास्की प्रहरीले सबैलाई आग्रह समेत गरेको छ ।