पोखराको राज बेकरीमा सिल

पोखरा, भदौ २९ ।
जिल्ला बजार अनुगमन समिति कास्कीले मापदण्ड नपु¥याई उत्पादन सुरु गरेको पोखरा महानगरपालिका वडा नम्बर २७ को आवस नगरमा संचालित राज बेकरी उद्योगमा सिल गरेको छ । स्थानियहरुको गुनासोका आधारमा विहिबार उत्पादन स्थल पुगेको अनुगमन टोलीले बेकरी उत्पादनका मापदण्डहरु पुरा नगरि अस्वस्थकर बस्तु उत्पादन गरेको भन्दै उत्पादन कक्षमा सिल गरेको हो ।

उद्योगबाट उत्पादित पाउरोटी लगाएत अन्य वस्तुमा बनेको मिती चार दिन अगाडी राखिएको, उत्पादन कक्ष अति नै फोहोेर, बाहिरी वातावरणको सिघै प्रबेश र शौचालयको नजिक भएकाले दुर्गन्धित भएकोले मानव स्वास्थ्यमा असर पुग्ने गरि उत्पादन गरिएको भन्दै चेतावनी स्वरुप सिल लगाएको हो ।

खाद्य निरिक्षक भुमिका प्रधानको नेतृत्वमा आएको टोलीमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधी श्याम प्रसाद तिवारी, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराल र मञ्चका सचिव मिलन प्रसाद तिवारी थिए ।

हामी १३ सेप्टेम्बरमा अनुगमनमा पुग्दा उत्पादन मिति १७ सेप्टेम्बर भनेर प्याकेजिङ गरिएको भेटियो । त्यसमा ५ दिनको म्याद छ, समितिका सदस्य कोइरालाले भने–मिति झुक्याएर बजारमा पठाउँदा उपभोक्ता ठगिन्छन् । त्यसैले सुधार नहुँदासम्मका लागि ताला लगाईएको हो ।’ उनका अनुसार बेकरी भुईंमा सुकाउने र खुट्टाको धुलो समेत पर्ने गरेको भेटिएको छ ।