पोखराको रत्नचोक आगलागी (फोटो फिचर)

पोखरा, माघ २८ ।
पोखराको रत्नचोक स्थित एक परालको टौवामा आगो लागेको छ । आगलागीको कारणबारे खुलेको छैन । यतिबेला स्थानीय र प्रहरीको सहयोगमा दमकलले आगो निभाउने काम गरिरहेको छ । आगलागीका कारण अन्य क्षति भने देखिएको छैन । यद्यपी घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।
शनिबार पनि पोखराको ल्याण्डफिल्ड साईटमा आगो लागेको थियो । पोखरामा दिनहूँजसो आगलागीको घटना भैरहेको छ ।