पोखराको मालेपाटनमा दुई मोटरसाइकल ठोकियो

पोखरा, साउन १८ ।
पोखरा ५ मालेपाटन स्थित कालिका गण अगाडी दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । ग १४ प ५२१ नम्बरको मोटरसाईकल र ध १ प ७००८ नम्बरको मोटरसाईकल ठक्कर खादा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा परि पोखरा १४ चाउथे बस्ने वर्ष १७ को इन्द्र बहादुर थापा र अन्नपुर्ण गाउपालिका २ शेराचोक बस्ने वर्ष ३६ की माया पौडेल घाईते भएका हुन् । उनीहरुको मेट्रोसिटि अस्पतालमा उपचार भएको छ । प्रहरी टोलीले दुबै मोटरसाइकाललाई नियन्त्रणमा लिईएको छ ।