पोखराको बागमाराबाट ११ तोला सुन चोरी

पोखरा, भदौ ४ ।
पोखराको बागमाराबाट ११ तोला सुन चोरी भएको छ । मेघबहादुर रानामगरको घरबाट ताला फोडेर ५ तोला सुन चोरी भएको हो ।

यस्तै, सोही वडाको भगवती चौताराका महेन्द्रराज अधिकारीको १ तले घरमा च्यानलगेटको ताला फोडी ३ हजार नगद र ६ तोला सुन चोरी भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।