पोखराको फुलबारीमा आगलागी

पोखरा, पुस २४ ।
पोखराको फुलबारीमा आगलागी भएको छ । विहान साढे १० बजे फुलबारी स्थित भानुमार्गमा बस्दै आएका ४७ बर्षिय राजेन्द्र बहादुर भट्टराईको घरमा आगलागी भएको हो । बिजुलीको मिटर बक्समा तार सर्ट भएर आगलागी भएको बताएको छ ।

आगलागीबाट २ थान टिभी, एउटा ल्यापटप, एउटा आइफोन, २ वटा दराज, दुई थान पलङ र ७० हजार रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

File Photo