पोखराको फिर्केमा मापदण्ड मिचेर २ सय घरटहरा

पोखरा, बैशाख २ ।
फिर्केको मापदण्ड मिच्ने झण्डै २ सय घरटहरा छन् । सर्वसाधारणदेखि पहुँचवालाले समेत मापदण्ड विपरित संरचना बनाएर प्रयोग गरिरहेका छन् । प्राविधिक रिपोर्ट अनुसार १ सय ९२ घरटहरा मापदण्ड विपरित छन् । तिमध्ये ३ वटा स्कुलमात्रै छन् । पोखरा ईञ्जिनियरिङ कलेज, लिटिल स्टेप बोर्डिङ स्कुल र अमरज्योति स्कुलले मापदण्ड मिचेका रिपोर्टमा लेखिएको छ । सरकारी कार्यालय र सामाजिक संघ संस्था पनि निकै धेरै छन्, फिर्के मिच्ने ।
१३ वटा सामाजिक संघ संस्था र ७ वटा सरकारी कार्यालयले फिर्केको मापदण्डभित्रै संरचना बनाएका छन् । पोखरा २ स्थित नेपाल पुनमगर समाज, अर्चलबोट आमा समूह, वडा नम्बर ५ को सहनशिल आमा समूह भवन, गिरी कुल मन्दिर, पोखरा क्यान्सर केयर सेन्टर, पोखरा ६ स्थित वडा प्रहरी कार्यालय, प्रहरी अस्पताल, प्रहरी ब्यारेक, जिल्ला अदालत, वडा नम्बर ७ को शसस्त्र प्रहरी कार्यालय, प्रदेश नम्बर ४ प्रहरी कार्यालय, बराल कुल मन्दिर, लायन्स क्लव, पोखरा ८ को बराल समाज, नेपाल मगर संघ, सोंपाल तमू समाज घर, फिर्के तमू समाज घर, बहिरा संघ, राधाकृष्ण बहुउद्देश्यीय भवन र पश्चिमाञ्चल प्रहरी गणले मापदण्ड विपरित घरटहरा बनाएका हुन् ।

३० वटा घर सुकुम्बासीका छन् भने अरु पहुँचका भरमा घर बनाएर बसेकाहरु छन् ।

३० वटा घर सुकुम्बासीका छन् भने अरु पहुँचका भरमा घर बनाएर बसेकाहरु छन् । अबैध रुपमा निर्माण गरिएका संरचनालाई छिटै सूचना निकालेर हटाउन आग्रह गर्ने र नभए महानगरले आँफै हटाउने मेयर जिसीले जानकारी दिए । ‘महानगर मापदण्ड कार्यान्वयन गराउन निर्मम भएर लाग्छ । प्राविधिकको अध्ययन हेरेर जतिसक्दो छिटो सूचना निकाल्ने पक्षमा छौं, उनले भने–सूचना अवधिमा पनि संरचना हटाउन अटेर गरे महानगरले बाध्य भएर हटाउनुपर्छ । यसरी हटाउँदा लागेको खर्च घरधनी स्वयंले ब्यहोर्नुपर्छ ।’ उनले फिर्के सहित सेती नहरलाई पनि क्लियर गर्ने तयारीमा लागेको जानकारी दिए ।