पोखराको पृथ्वीचोकमा रुख भाँचियो

पोखरा, साउन २९ ।
पोखराको पृथ्वीचोक नजिकैको एउटा रुख भाँचिएको छ । रुख भाँचिदा नेपाल बैंकको पृथ्वीचोकमा रहेको एटिएममा क्षती पुगेको छ ।

रुख भाँचिएर एटिएमको छत र बोर्डमा क्षती पुगेको प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय वाणिज्य बैंकको (साविकको नेपाल औद्योगिक निगम) कार्यालयमा रहेको गुलमरको रुख मंगबार विहान भाँचिएको हो ।

भाँचिएको रुखलाई शसस्त्र प्रहरीले काटेर पन्छाएको छ ।