पोखराको पुरुञ्चौरमा टिप्परको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु

पोखरा, पुस ९ ।
पोखरा लेखनाथ महानगरपालिका १९ पुरुञ्चौरको पाल्लेमा टिपरले ठक्कर दिदाँ मोटर साइकलमा सवार स्कुले विद्यार्थीको मृत्यु भएको छ । भुर्जुङखोलाबाट पोखराका लागि छुटेको ग ५ प ५०७५ मोटर साइकललाई विपरित दिशातर्फ गुडिरहेको ना ६ ख ९००५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका विद्यार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पोखरा १९ पुरनचौरका १३ बर्षिय सबिन बास्तोलाको मृत्यु भएको प्रहरीको भनाई छ । टिपरले मोटरसाइकको हेन्डिलमा ठक्कर दिँदा मोटरसाइकल चालक विपरीत साइडमा ढलेका थिए भने बास्तोला टिपरको साइडमा ढल्दा टिपरको पछाडिको भागले किचेको हो । बास्तोला भारती भवन माविमा कक्षा ७ मा अध्ययनरत थिए ।