पोखराको पामेमा खोलाले बगाउँदा १ जनाको मृत्यु !

पोखरा, भदौ २६ ।
पोखराको पामे स्थित लौरुकमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । अविरल बर्षापछि खोला बढेको र सोही खोलाले बगाउँदा पोखरा २४ कास्कीकोटका ५० बर्षिय गुञ्जबहादुर बस्नेतको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

खोला तर्ने क्रममा चप्पल बगाएपछि उनी चप्पल समात्न खोलामा झरेका थिए । बढेको खोलाले उनलाई पनि सँगै बगाएको स्थानीयले बताएका छन् ।

उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ठूलो बर्षाका कारण पोखरा र आसपासमा ठाउँठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध भएका छन् भने खोलाको बहाव बढेको छ । रामघाटमा पानी तालिएको छ ।