पोखराको न्यूरोडमा आगलागी, २५ लाखको क्षति

पोखरा, भदौ ४ ।
पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको धनमाल जलेर नष्ट भएको छ । पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको पारीपट्टी घरमा आगलागी भएको हो ।

आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १० लाखको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

राति आगलागी भएकाले ढिलो गरेर जानकारी पाउँदा धेरै क्षति भएको बताइएको छ । आगलागीको कारण यकिन भएको छैन । प्रहरीले विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।