पोखराको नागढुंगामा शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै

पोखरा, फागुन ८ ।
पोखराको नागढुंगामा शंकास्पद बस्तु भेटिएको छ । निलो रंगको जेब्रा झोलाभित्र तारले बेरको अवस्थामा टिफिन भेटिएको हो ।
घटनास्थलमा प्रहरी र स्थानीयको भीड छ । सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।