पोखराको नर्सिङ कलेजमा जुवाको खाल–साढे ४ लाख सहित १४ पक्राउ (को-को समातिए ?)

पोखरा, मंसिर ९ ।
पोखराका विभिन्न ठाउँबाट एकैदिन १४ जना जुवाडे पक्राउ परेका छन् । नयाँबजार स्थित मार्गदर्शन एकेडेमी (नर्सिङ कलेज) बाट ९ जना र विरौटाको एक घरबाट ५ जना पक्राउ परेका हुन् ।

नयाँबजारमा मार्गदर्शन एकेडेमीका सञ्चालक पोखरा महानगरपालीका–९ का ५८ बर्षीय पुर्णबहादुर श्रेष्ठ, अमरसिंह चोकका ५८ बर्षीय मीनबहादुर बराल, ६० बर्षीय भरतकाजी ढुङगाना, नयाँबजारका ४५ बर्षीय सोभीत केसी, महेन्द्र पुलका ५४ बर्षीय लेखनाथ बास्तोला, ५५ बर्षीय राजु श्रेष्ठ, बिरौटाका ४२ बर्षीय केशब थापा, तनहु शुक्लागण्डकी नगरपालीका–१ का ४७ बर्षीय जस गुरुङ, ५१ बर्षीय रामबहादुर गुरुङ छन् ।

त्यस्तै पोखरा महानगरपालिका–१७ काउसेघारीस्थित दीपेन्द्र पौड्यालको घरमा जुवा खेलिरहेका स्याङजा आँधिखोला गाँउपालिका–२ का ४० बर्षीय घरधनी दिपेन्द्र पौड्याल, कास्की बिरौटाका ३७ बर्षीय कृष्ण अर्याल, स्याङजा पुतलीबजार–५का प्रकाश रेग्मी, बर्ष ३३ का राजु रेग्मी र कास्की रुपा गाँउपालीका–१ का ३७ बर्षीय अम्बर केसी पक्राउ परेका छन् ।

उनीहरुको साथबाट चार लाख ३२ हजार तीन सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । जुवाताल खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनीहरुलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने कास्की प्रहरीले जनाएको छ ।