पोखराको नगरसभामा कांग्रेसको नाराबाजी

पोखरा, चैत्र ६।
पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगर सभामा कांग्रेसका जनप्रतिनिधीहरुले नाराबाजी गरेका छन्।
कर्मचारी भर्ना लगायतका विषयमा अनियमितता र विधी नपु-याएको भन्दै सच्याउन माग गरेका छन्। कांग्रेस तर्फका वडाध्यक्ष र सदस्यहरुले नगरसभा चल्ने वित्तिकै विशेष समय मागेर नगरसभा स्थगित गर्न आग्रह गरेका थिए। त्यसपछि मेयरले १५ मिनेट नगरसभा स्थगित गरे। पुनः शुरु भएको नगरसभा माग पुरा नभएसम्म आन्दोलन नरोकिने भन्दै कांग्रेस जनप्रतिनिधीहरुले नाराबाजी गरेका छन्।