पोखराको दुर्घटनामा घाईतेको मृत्यु, एकको उपचार हुँदै

पोखरा, फागुन ३ ।
पोखरा १० शिव चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको हाईसले ग११प ६१४० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो । हाईसले ठक्कर दिए पछि मोटरसाइकल ना१क ३९१० को लहरीमा ठक्कर खाएको थियो । दुर्घटनामा परि पर्वत लेखफाटँ ५ घर भई हाल पोखरा १४ चाउथे बस्ने २३ बर्षिय उमेश पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते पौडेलको अन्नपुर्ण अस्पतालमा उपचार हुन नसके पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान उपचारका लागि पठाएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । उनीसँगै मोटर साइकलमा सवार सोही ठाउँका २३ बर्षिय बिजय पौडेल घाइते भएका छन् । लहरी, मोटरसाइकल, लहरी चालकलाई बुधबार नै प्रहरीले नियन्त्रणमा लिएको छ भने हाईसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।