पोखराको तालचोकमा शंकास्पद बस्तु भेटियो, सकेट बम भएको आशंका

पोखरा, साउन २९ ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा ले गरेको नेपाल बन्दका क्रममा मंगलबार पोखरा महानगरपालिकाको तालचोक नजिक शंकास्पद बस्तु भेटिएको छ । धर्मकाँटामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

नेपाल आर्मीको बम डिस्पोजल टोलीले नेष्ट गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए । श्रोतका अनुसार शंकास्पद बस्तु सकेट बम रहेको छ । तर प्रहरीले यसबारे केही बोलेको छैन ।

तस्विर-सन्दिप पौडेल/डिएनए