पोखराको डान्सबारमा बालिका प्रयोग, प्रहरीले गर्यो २ जनाको उद्धार

पोखरा, साउन १ ।
कास्की प्रहरीले पोखराको लेकसाईडबाट २ बालिकाको उद्धार गरेको छ । क्लव नाईन्टी नाइन र डिएनडी रेष्टुरेण्ट एण्ड बारबाट दुई बालिकालाई उद्धार गरेको हो ।

बालिकालाई काममा लागउने क्बल र बारका सञ्चालक तथा म्यानेजरलाई समेत पक्राउ गरेर सार्वजनिक मुद्धामा म्याद थप गरेका कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

पिडित वालिकालाई आबश्यक सोधपुछ पछि शक्ति समुह नागढुगां पोखरामा पुनस्थापनाको लागि राखिएको प्रहरीले जानकारी दिएको छ । बिभिन्न होटल रेष्टुरेण्ट तथा डान्स बार समेतमा १८ बर्ष भन्दा मुनिका वालवालिकाहरुलाई अबैध कार्यमा लगाउने गरेको गोप्य सुचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।