पोखराको ज्यानमारा पुल (यस्तो छ घटना)

पोखरा, फागुन १६ ।
पोखराको जिरो किलोमिटर देखि विन्ध्याबासिनी सम्मको सडक फराकीलो भएको छ । बाटो फराकिलो भएपछि गाडीको गति पनि बढेको छ । सोही अनुसार पुलको आकार नबढेपछि पोखराको पस्र्याङमा दिनहुँजसो दुर्घटना हुन्छ । धेरैको ज्यान पनि गैसकेको छ । मंगलबार राती पनि मोटरसाईकल ठोक्किएर एकजनाको ज्यान गयो । पोखराको सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको ज्यान गएको हो । घाइते पहारीको उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाईकको पछाडी बसेका पोखरा २५ हेमजाका २८ बर्षिय बिमल थापा घाइते छन् । हात, खुट्टा र शरिरमा चोट लागेका उनी गम्भिर छन् ।
पुष १० गते राती पनि सोही पुलमा दुर्घटना हुदाँ तिलक बहादुर थापाको ज्यान गएको थियो । पुलमा ठोक्किएर गम्भीर घाईते उनको उपचारकै क्रममा ज्यान गएको कास्की प्रहरीका प्रबक्ता खड्कप्रसाद खत्रीले जानकारी दिए । उनका अनुसार पछिल्लो तीन महिनामा यही ठाउँमा ४० भन्दा बढि साना ठुला दुर्घटना भएको छ । फराकीलो सडकमा सवारी चालकको लापरबाहीका कारण दुर्घटना बढेको उनको भनाई छ ।