पोखराको जनएकता सहकारी लुट्ने पक्राउ

पोखरा, असोज १० ।
जनएकता बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने कमल ठग्गुना पक्राउ परेको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार गए राती एक होटेलमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

जनएकता सहकारीका सचिव मुक्तिप्रसाद पनेरुले चोर पक्राउ परेको र हाल वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको पुष्टी गरे । पनेरुका अनुसार प्रकृया पुरा गरी प्रहरीले चोरलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सहकारीमा भदौ ३१ गते राती ९ लाख रुपैयाँ भन्दा बढी चोरी भएको थियो । उनले अन्य सहकारीमा पनि चोरी गरेको आरोप लागेको छ ।