पोखराको चोर साँगुबाट मानिस हामफालेको आशंका, ढुंगाना बेपत्ता

पोखरा, साउन १३ ।
पोखराको चोर साँगुबाट मानीस हामफालेको आशंका गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजारका ३५ वर्षिय फडिन्द्र ढ्ङ्गाना घरबाट सम्पर्क बिहिन भएको र उनले प्रयोग गर्ने को २३ प ५७६८ नम्बबरको स्कुटर चोरसाँगुमा भेटिएकाले खोजी कार्य सुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

चोरसाँगुमा अहिले सशस्त्र प्रहरी गण पोखराले उक्त स्थानमा खोजीकार्य गरिरहेको छ । ढ्ङ्गानाले चिठी लेखेर छोडेकोले चोरसाँगुबाट हामफालेको शंका गरिएको श्रोतले बताएको छ ।