पोखराको चिप्लेढुंगामा बम विस्फोटकी घाईतेलाई उपचार गर्न सहयोग

पोखरा, साउन ३० ।
जनयुद्धताका पोखराको चिप्लेढुंगामा भएको बम विस्फोटमा परी घाइते भएकी लिला गुरुङलाई तमु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । तत्कालिन युद्धको वेला २०६२ सालमा पोखराको चिप्लेढुंगामा बम विस्फोट हुदा तरकारी बेचेर जिविकोपार्जन गर्दै आएको लिला गुरुङलाई बमको छर्रा लागरे घाइते भइ हाल सम्म पनि उपचाररत रहेको थाहा पाएपछि तमु समाज बेल्जियमले नगद १ लाख ५९ हजार दुइ सय ५ रुपैया सहयोग गरेको हो ।

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्याममा लिला गुरुङको बारेमा जानकारी पाएपछि तमु समाज बेल्जियमका अध्यक्ष जिवन गुरुङको सक्रियतामा बेल्जियममा बसोबास गर्ने नेपालीहरुद्धारा संकलित रकम पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले मंगलबार घाइते लिला गुरुङलाई हस्तान्तरण गरेकी हुन । मंगलबार तमु धि नेपालको प्राङगणमा आयोजित ट्होटे पर्वको कार्यक्रमका बिच बेल्जियममा संकलित रकम तमु धि नेपालकी अध्यक्ष कर्मा तमु, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मनबहादुर गुरुङ र पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले उक्त रकम घाइते लिला गुरुङलाई हस्तान्तरण गरेका थिए ।