पोखराको चाउथेमा ३ वटा गाडी एकै ठाउँमा ठोकिए

पोखरा, बैशाख २ ।
पोखराको चाउथेमा ३ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । ट्रिपरले एक कारलाई ठक्कर दिएपछि पछाडीबाट आइरहेको मिनी ट्रकमा सो कार ठोक्किन पुगेको थियो ।

ठक्करपश्चात् बा१५च ५०८२ नम्बरको कार सडक छेउको नहर नाघेर पल्टिएको थियो । दुर्घटनापछि कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा हालसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले बताए । ठक्कर दिने ट्रिप्पर भने भागेको तर कार र मिनी ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । ठक्कर दिएर भाग्ने ट्रक र चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।