पोखराको चाईनापुलमा मोटरसाईकल र ट्रक ठोकिँदा दुईजना घाईते

पोखरा, कार्तिक ५ ।
पोखराको चाइनापुलमा मोटरसाईकल र ट्रक ठोकिँदा दुईजना घाईते भएका छन् । पृथ्वीचोकबाट अमरसिंह जाँदै गरेको बा २४ प ५८७१ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फ गुडिरहेको ना ४ ख ९१०४ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाईकल चालक चितवन घर भई पोखाको जीरो बस्दै आएका ३६ बर्षका बिजय थापा र पछाडी सवार काठमाण्डौं घर भई फिर्के बस्दै आएका ५३ बर्षका बालकृष्ण सापकोटा घाईते भएका हुन् । ट्रक र मोटरसाईकल प्रहरी नियन्त्रणमा छन् ।