पोखराको घाँटीछिनादेखि पञ्चासेसम्म केवुलकार निर्माण हुने, ७ अर्व लगानी लाग्ने

पोखरा, असोज २ ।
तीन जिल्लाको संगम स्थल पञ्चासेमा पोखरा महानगरपालिका २३ घाँटिछिनाबाट केबुलकार निर्माण हुने भएको छ । पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेड कम्पनीले ८.५ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ ।

केबुलकार योजनाको निमार्ण कार्य सुरु गर्न सर्भे भईरहेको छ । आयोजनाको अनुमानित खर्च ७ अर्ब रहेको छ । ४ वर्ष्भित्रमा आयोजना सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ । पञ्चासे टुर्स एन्ड ट्राभल र आरकेडी रियल स्टेड कम्पनीका चेयर मेन रामचन्द्र शर्माले जानकारी दिए ।

उनले केबुलकारमा ८० वटा पोल हुने बताए । केवुलकार सञ्चालन सँगसँगै गाउँको पर्यटन प्रबद्र्धनलागि विभिन्न आयोजना पनि रहेको शर्माले बताए । पञ्चासे लेकभन्दा तल लिजमा जग्गा लिएर वाटर फन्ट, स्थानीय हस्तकला बिक्रि केन्द्र, हेरिटेज प्लाजा, रिसोर्ट, होमस्टे, टिनएजर्सका लागि प्रेम पार्क, फुट ट्र्याक, एकैचोटी २ हजारले ड्रिङ्क्स गर्न मिल्ने क्षमताको अल्कोहल जोन, पञ्चासे मन्दिरको जिर्णोद्धार लगायतका योजना रहेको उनले सुनाए ।

देशका साना व्यवसायीलाई लक्षित गरेर आयोजना सञ्चालन गर्न लागेको उनले बताए । ‘स्वदेशि लगानीकर्तालाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘विदेशी लगानी बिना नै योजना पुरा गर्छौं ।’