पोखराको घरनक्सा महानगरले बनाईदिने, प्रतितला ५ हजार शुल्क

पोखरा, असोज ८ ।
पोखराका नगरबासीलाई अव केही सहुलियत हुने भएको छ । पोखरा महानगरले आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई आँफैले घरको नक्सा बनाईदिने भएको छ । यसअघि पचासौं हजार रुपैयाँ तिरेर कन्सल्टेन्सीमा नक्सा बनाउन बाध्य घरधनीले सहुलियतमा सेवा लिन पाउनेभ एका छन् ।

घरको नक्सा बनाउँदा प्रतितला ५ हजार रुपैयाँ लिईने महानगरले जनाएको छ । सोमबारको कार्यपालिका बैठकले कार्यालयमै कर्मचारी ब्यवस्थापन गरेर नक्सा बनाउने काम गर्न निर्णय गरेको हो ।