पोखराको गाईघाटमा एक व्यक्ति मृत भेटिए

पोखरा, पुस १९ ।
पोखराको गाईघाटमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३० बर्षको देखिने उनको अन्य पहिचान खुलेको छैन ।

मृत्युको कारण खुल्न नसके पनि गए राति दिप १६ को भिरबाट हाम फालेर आत्म हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।