पोखराको एयरपोर्ट र हस्पिटलमा फ्रि वाईफाई

पोखरा, बैशाख १ ।
पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्रि वाईफाई जोन घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको संयोजनमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार फ्रि वाईफाई जोन घोषणा गरेका हुन् । घोषणापछि बोल्दै मुख्यमन्त्री गुरुङले प्रविधिमैत्री प्रदेश बनाउने अभियान सुरु भएको बताए । उनले आगामी ५ बर्षभित्र प्रदेश ४ को सबै ठाउँमा प्रविधि विस्तार गरिसक्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री गुरुङले छिटै सरकारी कार्यालयहरु पेपरलेस बनाईने घोषणा गरेका छन् ।

केही दिनभित्रै मातृशिशु मितेरी अस्पताल र शिशु अस्पतालमा पनि यो वाईफाई फ्रि गरिनेछ ।

महानगरका मेयर मानबहादुर जिसीले पोखरामा फ्रि वाईफाई जोन घोषणा अभियान सुरुवात भएको बताए । उनले आगामी दिनमा अन्य ठाउँहरुमा पनि प्रविधिको उच्चतम प्रयोगमा जोड दिने बताएका छन् । केही दिनभित्रै मातृशिशु मितेरी अस्पताल र शिशु अस्पतालमा पनि यो वाईफाई फ्रि गरिने मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए । वर्ड लिकंको प्राविधिक सहयोगमा फ्रि वाईफाई कार्यक्रम थालिएको हो ।