पोखराको आर्वामा आगोले गोठ जल्यो

पोखरा, कार्तिक २० ।
पोखरा महानरपालिका १३ आर्बा स्थित रामकृष्ण बरालको भैंसी गोठमा आगलागि भएको छ । गोठमा कुंडो पकाई छाडेको आगोबाट आगलागी हुँदा गोठ पूर्ण रुपमा जलि नष्ट भएको हो ।

आगलागिबाट अन्दाजी दुई लाख बराबरको क्षति भएको छ । आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएका छन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।