पोखराका रमेशले आफ्नै श्रीमतिको हत्या गरी जंगलमा फालेपछि…..

पोखरा, असार २५ ।
पोखरामा एक युवकले आफ्नै श्रीमतिलाई मारेर जंगलमा फालिदिएको तथ्य खुलेको छ । मकवानपुर घर भई रामबजारमा मोवाईल पसल गर्दै आएका ३५ बर्षिय रमेश नेपालीले आफ्नै श्रीमति २८ बर्षकी लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेका हुन् ।

असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेपछि प्रहरीले अस्थिपञ्जर फेला पारेको हो । सिद्धार्थ राजमार्ग करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा अस्तिपन्जर भेटिएको हो ।

कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको अस्थिपन्जर बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए ।

कास्कीका प्रहरी प्रमुख कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको र थप अनुसन्धान भईरहेको बताए । शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । श्रीमानलाई हत्या आरोपमा पक्राउ गरि सकेको प्रहरीले जानकारी दिएको छ ।

हत्या भएको २५ दिन सम्म पनि शवको गन्ध किन आएन ? सबैको प्रश्न त्यहाँ पुग्नेको थियो । मानिसको शव एक दुई दिनमा नै गन्ध आउन थाल्छ । त्यस पछि वरपर थाहा भई हाल्छ । तर लक्ष्मीको शव भएको ठाउँ नजिकै एउटा गाई पनि मरेका कारण गाईको गन्ध नै आएको होला भन्दै स्थानीय झुकिएको प्रहरीले जनाएको छ ।