पोखराका मेयरलाई नयाँशक्तिको प्रश्न–सडकमा छाडा गाईबस्तु कहिलेसम्म ?

पोखरा, जेठ ११ ।
नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरा लेखनाथ महानगरपालिकाको सडकभरी रहेका छाडा चौपाया ब्यवस्थापनको लागि ब्यांग्यात्मक दवाव दिएको छ । महानगरको गेटमै फोटो सहितको ब्यानर टाँसेर लेखिएको छ–‘छाडा चौपायाले कहिलेसम्म सडक कब्जा गर्छन् मेयर साहेव ?’

यसबाहेक फेवाताल अतिक्रमणको बारेमा सर्वोच्चले गरेको फैसला कार्यान्वयनका लागि पनि महानगरको ध्यानाकर्षण गरिएको छ । समसामयिक बुँदासहितको मागपत्र कार्यलय सहायकलाई थमाएका छन् । ‘कार्यालयमा मेयर, उपमेयर, कार्यकारी अधिकृत कोही पनि छैनन् । त्यसैले कार्यालय सहायकलाई मागपत्र बुझायौं–युवा अभियान जिल्ला आयोजक समितिले भन्यो ।’

मागहरु यसप्रकारका छन् –

१)सर्वोच्च अदालतले फेवातालमा देखिएको अतिक्रमण हटाउन आदेश दिदा समेत किन हटाईएको छैन ? शंका लागेको छ । सर्वोच्चको आदेश तत्काल कार्यन्वयन गर्नका लागि र बृहत फेवाताल अभियान चलाउनका लागि हामी जोडदार माग गदर्छौँ ।

२) सार्वजानिक सम्पतीहरुको अतिक्रमण हटाईयोस ।

३) स्मार्ट सिटिमा जुलुस लगाउदै लगाउदै हिडेका छाडा चौपाय व्यबस्थापन गरि सडकमा सवारी साधन मात्र गुड्ने बातावरण तयार गर्न हामी जोडदार माग गर्दछौँ ।

४) युवा स्वरोजगार कार्यक्रम थालनी गरि युवाहरुलाई यहि गरिखाने वाताबरणको सिर्जना गरियोस ।

५) सडकमा ऐना हेर्न मिल्ने गरि पानि जमेको खाल्टोहरु यथाशिघ्र मर्मत गरियोस ।

६) सुन्दर शहरको हाम्रो परिकल्पनालाई कुरुप बनाउने तारहरुलाई अण्डर ग्राउण्ड व्यबस्थापन गरियोस ।

७) महानगरलाई बुझाउनुपर्ने रकमलाई अनलाईन भुक्तानी गर्ने प्रबिधिको बिकास गरियोस ।

८) महानगरलाई ग्रिन क्लिन बनाउनका लागि बिशेष अभियानको थालनी गरियोस ।

९) ट्राफिक व्यबस्थापनका लागि महेन्द्रपुल,पृथ्वीचोल लगायतका व्यस्त ठाँउहरुमा आकाशे पुलहरु निर्माण गरियोस ।

१०) पोखराका प्रत्येक चोकहरुमा सार्वजानिक शौचालयको निर्माण गरि व्यबस्थीत गरियोस ।