पोखराका केसी सुधार केन्द्रमै मृत भेटिए

पोखरा, कार्तिक २२ ।
पोखरा १६ लामाचौरका शिव केसी मृत भेटिएका छन् । सितापाईलाको महतगौडा स्थित नौलो घुम्ती सुधार केन्द्रमा उपचारका लागि राखिएका केसी शुक्रबार मृत भेटिएका हुन् ।

उनी सुतिरहेकै ठाउँमा मृत भेटिएका कास्की प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । मृत्युको कारण खुलेको छैन ।