पोखराका अमृत कालिखोलामा मृत भेटिए

पोखरा, कार्तिक १५ ।
पोखरामा एकजना मृत भेटिएका छन् । भलाम स्थित झोलुंगे पुल मुनी काली खोलाको छेउमा पुरुषको शव भेटिएको हो ।

पोखरा १६ दीपका २२ बर्षिय अमृत बास्तोलाको शव भेटिएको प्रहरीले जनाएको छ । ग १० प ८५४३ न को स्कुटि सहित हिजोदेखि हराएका उनी आज मृत भेटिएका हुन् ।