अधिकारी बने पोखरा–सिड्नी समाज अष्ट्रेलियाको अध्यक्ष, को हुन् उनी ?

पोखरा, कार्तिक १० ।
पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जानकारी दिएको हो ।

संस्थाको उपाध्यक्षमा राजेश केसी र तारा गुरुङ, महासचिव दिपक पहारी, सचिव अर्जुन गुरुङ, कोषाध्यक्षमा ईश्वर पहारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा विजेन वाटाजु, वुद्ध गुरुङ, समित के.सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल केसी, सन्तोष अधिकारी,प्रकाश लामीछाने, अजय थापा, विष्णु पौडल र सुमन के.सी चयन भएका छन् ।

अध्यक्षमा चयन भएपछि अधिकारीले सिडनी मात्रै नभई अष्टेलियामा रहेका हरेक नेपालीको समस्या तथा उनीहरुको समृद्धिका लागि हरपल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरामा लामो समय पर्यटन र खेलकुदको क्षेत्रमा कार्य गरेका समाजसेवी अधिकारी एक दशक भन्दा वढि समयदेखि अष्टेलियामा पनि खेलकुदको क्षेत्रमा उत्तिकै सक्रिय छन् ।

अधिकारीको पहलमा २०७२ सालमा कास्कीको भदौरे तामागी र लुम्लेको पहिरो पीडितहरुको लागि राहत वितरण गरिएको थियो । साथै अधिकारीकै पहलमा पोखराको ठूलाखेतमा स्वास्थ्य शिविर पनि भएको थियो ।

सन् २०१० मा धु्रव गुरुङको अध्यक्षतामा स्थापना भएको समाजले अष्टेलियामा रहेका पोखरेलीहरुको समस्या र समृद्धिका लागि कार्य गर्दै आएको छ । उच्च शिक्षा र रोजगारीका लागि त्यहाँ गएका पोखराका नेपालीहरु संगठीत भएका छन्, यो निकै राम्रो हो एनआरएनए अष्टेलियाका सचिव देव गुरुङले वताउनुभयो ।

उच्च शिक्षा र रोजगारीका लागि आफ्नो गाँउ ठाँउ छाडी यहाँ आएका पोखरेलीहरुको लागि संस्था नै खोलेर संगठित हुनु सवैका लागि उदारहणीय कार्य भएको एनआरसीका अध्यक्ष विष्णु हमालले वताउनुभयो । साथै नवनिर्वाचित अध्यक्ष अधिकारीले वडा दशै तथा तिहार लगायतका सवै चाडपर्वको शुभकामना पनि दिनुभएको छ ।